नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर भाग -3

1. हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?

✓ उत्तर : १६ वटा

2. चौरजाहारी उपत्यका कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : रुकुम 

3. मार्वल नेपालको कुन ठाउँमा पाइन्छ ?

✓ उत्तर : गोदावरी 

4. अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो?

✓ उत्तर : सल्यान

5. अभ्रखको लागि प्रसिद्ध जिल्ला कुन हो ?

✓ उत्तर : भोजपुर

6. सप्तगण्डकी कुन कुन नदिहरु पर्दछन ?    

✓ उत्तर : बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी, सेती , मादी, त्रिशुली र दरौदी

7. वनजंगलको आधारमा वनस्पतिलाई कति भागमा विभाजन गरिएको छ ? 

✓ उत्तर : ५ भागमा

8. महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ?

✓ उत्तर : खुम्वु

9. फेवातालको बीचमा रहेको मन्दिरलाई के भनिन्छ ?

✓ उत्तर : ताल बाराही 

10. फवातालभित्र रहेको मन्दिरको नाम के हो ?  

✓ उत्तर : तालबाराही 

11. कोइलाको लागि प्रसिद्ध स्थान तलका मध्ये कुन हो ?

✓ उत्तर : चतरा (सुनसरी)

12. ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ?

✓ उत्तर : तमोर 

13. सप्तकोसीको सबैभन्दा ठूलो नदी अरुण हो भने सबैभन्दा सानो नदी कुन हो ?

✓ उत्तर : लिखु

14. पंचभैया डाँडोले कुन-कुन ताललाई छुट्याएको छ ?

✓ उत्तर : वेगनास र रूपा ताल

15. पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ?

✓ उत्तर : २६४ हेक्टर

16. रिउ उपत्यका उपत्यका कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : चितवन

17. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ?

✓ उत्तर : कर्णाली 

18. काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ?

✓ उत्तर : ६४२ वर्ग कि.मि.

19. धरान धनकुटा राजमार्गलाई अर्को के नामले चिनिन्छ ?

✓ उत्तर : मदनभण्डारी राजमार्ग

20. रानीपोखरीको निर्माण कति सालमा भएको हो ?

✓ उत्तर : वि.सं. १७२७ 

21. कोसी  दीपेन्द्र शिखर कुन जिल्लामा पर्छ ?   

✓ उत्तर : इलाम

22. विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ?

✓ उत्तर : राराताल हो।

23. तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?

✓ उत्तर : २० वटा

24. चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ?

✓ उत्तर : ३६ वटा

25. गणेश हिमाल र रसुवागढी कुन खनिजका लागि प्रसिद्ध रहेका छन ?

✓ उत्तर : सिसा

26. गंगासागर पोखरी कहाँ पर्दछ ?

✓ उत्तर : जनकपुरधाम, धनुषा

27. गणेश हिमाल क्षेत्रमा कुन खनिज पाइन्छ ?

✓ उत्तर : सिसा 

28. सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?

✓ उत्तर : सिमिकोट

29. कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ?

✓ उत्तर : गुल्मी

30. तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ?

✓ उत्तर : ५९ मिटरदेखि ६०० मिटरको उचाइसम्म

31. बूढीगण्डकी नदीको उद्गम स्थल कहाा हो ?      

✓ उत्तर : गणेश हिमाल 

32. चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ?

✓ उत्तर : २ वटा, ताप्लेजुङ्ग र दार्चुला

33. चितवन राष्ट्रिय निकुञ्ज कहिले विश्व सम्पदा सुचिमा सूचिकृत भयो ? 

✓ उत्तर : सन् – १९८४

34. नेपालमा सोडा कहाँ पाइन्छ ?

✓ उत्तर : सल्यान र डोटी

35. सानो भेरी नदीको उद्गमस्थल कहा पर्दछ ?

✓ उत्तर : धौलागीरी  हिमाल

36. सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?

✓ उत्तर : सिन्धुली

37. तिलिचो ताल समुद्र सतहदेखि कति उचाइमा अवस्थित रहेको छ ?

✓ उत्तर : ४९१९ मि. 

38. काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ?

✓ उत्तर : पूर्व–साँगा, पश्चिम–वाण, उत्तर–पाटी, दक्षिण–चन्द्रगिरी

39. हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ?

✓ उत्तर : करिब ४००० मिटरदेखि माथि

40. दाङ उपत्यका कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : दाङ

41. गोसाइकुण्डमा कुन कुन पर्वमा विशेष मेला लाग्ने गर्छ ?

✓ उत्तर : जनैपूणिमा र गंगा दशहरा

42. बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ ?      

✓ उत्तर : ९६८

43. धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ?

✓ उत्तर : ३ प्रदेश

44. काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ?

✓ उत्तर : ५०० किलोमिटर

45. रानी ताल र झिलमिला ताल कञ्चनपुर जिल्लामा पर्छ भने जगदिसपुर ताल कुन जिल्लामा पर्छ ?

✓ उत्तर : कपिलवस्तु

46. गण्डकी नदीको विद्युत क्षमता कति छ ?

✓ उत्तर : २१,००० मे.वा.

47. च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : दोलखा

48. रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो ?

✓ उत्तर : वि.सं. २०२० चैत्र १३

49. बहुमूल्य धातु हीरा कुन तत्वबाट वनेको हुन्छ ?

✓ उत्तर : कार्बन

50. हिमालयका आधारमा नामकरन गरिएका अञ्चल कुन कुन हुन् ?    

✓ उत्तर : सगरमाथा र धौलागिरी

51. कर्णाली नदिका साहायक नदिहरु कुन कुन हुन् ? 

✓ उत्तर : हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, बुढी गंगा, सेती र तिला

One Reply to “नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर भाग -3”

Leave a Reply to गणेश ताम्राकार Cancel reply

Your email address will not be published. Required fields are marked *