नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर भाग -2

1. नेपालको उत्तरी सिमाना कहाा रहेको छ ? 

✓ उत्तर : चीनको स्वशासित क्षेत्र तिब्बत


2. नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो?

✓ उत्तर : रारा


3. नेपालको सबभन्दा गहिरो उपत्यका कुन हो ?  

✓ उत्तर : अरुण उपत्यका


4. नेपालको मानव निर्मित प्रसिद्ध ठूलो ताल कुन हो ?

✓ उत्तर : इन्द्र सरोवर


5. नेपालको सबभन्दा गहिरो ताल कुन हो ?

✓ उत्तर : फोक्सुन्डो ताल (६५० मिटर)


6. नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?

✓ उत्तर : ८८५ कि.मि. 


7. नेपालको एक मात्र उत्तरतिर बग्ने नदी कुन हो ? 

✓ उत्तर : कर्मनासा, ललितपुर


8. नेपालमा सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?     

✓ उत्तर : तिलिचो ताल (४९१९) मिटर


9. नेपालको कुन तालको आकार गुलेली जस्तो छ?

✓ उत्तर : शे-फोक्सुण्डो ताल


10. नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ?     

✓ उत्तर : खुम्बु


11. नेपालको सैबभन्दा लामो पर्खाल कुन हो ?   

✓ उत्तर : शिवपुरी जलाधार क्षेत्रको पर्खाल


12. नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ?

✓ उत्तर : १९३ कि.मि.


13. नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ?

✓ उत्तर : पोखरा


14. नेपालको सबभन्दा ठूलो नदी कुन हो ?

✓ उत्तर : कोशी


15. नेपालको सबैभन्दा गहिरो ताल कुन हो ?

✓ उत्तर : फोक्सुण्डो (Phoksundo)

16. नेपालको सबैभन्दा अग्लो राष्ट्रिय निकुञ्ज कुन हो ?     

✓ उत्तर : सगरमाथा राष्ट्रिय निकुञ्ज


17. नेपालको कुन ताल “मान्छेको आँखा आकारको” छ ?

✓ उत्तर : सुर्मासरोवर


18. नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ?

✓ उत्तर : कास्की


19. नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ?

✓ उत्तर : इन्द्र सरोवर


20. नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ?

✓ उत्तर : मुस्ताङ्ग


21. नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?

✓ उत्तर : मुस्ताङ्ग


22. नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ?

✓ उत्तर : ७.३ प्रतिशत


23. नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ?

✓ उत्तर : महाकाली


24. नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ?

✓ उत्तर : बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.


25. नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ?

✓ उत्तर : केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर


26. नेपाल कुन महादेशमा अवस्थित छ ?      

✓ उत्तर : एसिया


27. नेपालमा अलैंची खेतीका लागि दई प्रख्यात जिल्ला कुन हो ?

✓ उत्तर : इलाम र पााचथर


28. नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ?

✓ उत्तर : ४ (नारायणी, लुम्बिनी, भेरी र राप्ती)


29. नेपालमा मनसुनी वर्षा कति अवधिसम्म रहन्छ?

✓ उत्तर : ४ महिना


30. नेपाल कुन अक्षांसमा पर्दछ ?

✓ उत्तर : उत्तरी अक्षांस


31. नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?

✓ उत्तर : ०.३५


32. नेपाल कुन हावापानी अर्न्तगत पर्दछ ?

✓ उत्तर : मनसुनी

33. नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?

✓ उत्तर : ८०४ु पूर्वी देशान्तरदेखि ८८१२ु पूर्वी देशान्तरमा 


34. नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ?

✓ उत्तर : २०२९ साल 

35. नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ?

✓ उत्तर : २०१८ बैशाख १ गते 


36. नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ?

✓ उत्तर : २६२२ुउत्तरी अक्षांसदेखि ३०२७ु उत्तरी अक्षांसमा 


37. नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ?

✓ उत्तर : ६ वटा


38. नेपालमा उत्खनन भएका खनिजहरुमध्ये सबैभन्दा बढी उत्खनन भएको खनिज कुन हो ?

✓ उत्तर : चुनढुङगा


39. नेपालमा हालसम्म युरेनियम कहाँ पाइएको छ ?

✓ उत्तर : चमेलिया नदीको किनारमा


40. सवैभन्दा सानो जिल्ला भक्तपुर को क्षेत्रफल कति छ ?

✓ उत्तर : ११९ वर्ग की मि


41. दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ?

✓ उत्तर : कर्मनाशा


42. नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ?

✓ उत्तर : ८३ हजार मेगावाट


43. जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ?

✓ उत्तर : नेपाल


44. सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ?

✓ उत्तर : माइकल कर्ग


45. सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ?

✓ उत्तर : सन् १९५६ मा स्व. बाबुराम आचार्यले


46. सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : सुर्खेत


47. पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ?

✓ उत्तर : ३९ वटा


48. फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ?

✓ उत्तर : ५०० किलोवाट


49. हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ?

✓ उत्तर : ३३६० मिटरदेखि ८८४८ मिटरसम्म


50. काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?

✓ उत्तर : माले


51. काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?

✓ उत्तर : थिम्पु


52. काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ?

✓ उत्तर : जुगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *