गोरखापत्र–बिषयगत प्रश्न उत्तर (असार २३, २०७८)–07–July-2021

गोरखापत्र –बिषयगत प्रश्न उत्तर (असार २३, २०७८) –07–July-2021, Wednesday

१. वित्तीय सङ्घीयता भनेको के हो ? नेपालमा यससम्बन्धी के-कस्तो व्यवस्था छ ? चर्चा
गर्नुहोस्‌ ।

सङ्घीय प्रणालीका सरकारले आर्थिक अधिकारको स्वतन्त्रतापूर्वक प्रयोग गर्न पाउने व्यवस्थालाई वित्तीय सङ्घीयता भनिन्छ । यसमा सङ्घीय इकाइले वित्तीय अधिकारको प्रयोग गर्ने, जिम्मेवारी लिने, उत्तरदायित्व वहन गर्ने गर्छन्‌ । यसले सबैभन्दा नजिकको सरकार सेवा प्रवाहमा बढी कार्यकुशल हुन्छ र यसलाई साघन स्रोत, शक्ति र जिम्मेवारी दिइनुपर्छ भन्ने मान्यता राख्छ । यो सङ्घीय प्रणालीको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । सङ्घीय प्रणालीका सबै सरकार संविधान र कानुनबमोजिमका आर्थिक एवम्‌ वित्तीय अधिकार प्रयोग गर्नमा स्वतन्त्र हुन्छन्‌ र यी निकायले आपसमा स्रोत साधन,
जिम्मेवारी एवम्‌ प्रशासनको साझेदारी गर्न पनि सक्छन्‌ । वित्तीय सङ्घीयताभित्र खासगरी खर्चको जिम्मेवारी, राजस्व अधिकार, अन्तरसरकारी वित्तीय हस्तान्तरण, आन्तरिक क्रण, प्राकृतिक स्रोतको परिचालनलगायतका विषय पर्छन्‌ । नेपालको सङ्घीय प्रणालीमा संविधान र कानुनले यी विषयलाई व्यवस्थित गरेका छन्‌ ।

नेपालमा वित्तीय सङ्घीयतासम्बन्धी व्यवस्था

नेपालमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सङ्घीय प्रणाली छ। यी सरकारमा कार्य जिम्मेवारी, राजस्व अधिकार, कार्यान्वयन संयन्त्र व्यवस्थित गरी वित्तीय सङ्घीयता कार्यान्वय नभइरहेको छ । वित्तीय सङ्घीयतालाई व्यवस्थित गर्न नेपालमा निम्नअनुसारको व्यवस्था छ :
कानुनी व्यवस्था :
नेपालको संविधान
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन-२०७४
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन-२०७४
वित्तीय सङ्घीयतालाई मूलभूत रूपमा उपरोक्त कानुनले व्यवस्थित गरे पनि निम्नकानुनले पनि यसलाई सहयोग गरेको पाइन्छ :
सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७
स्थानीय सरकार सञ्चालन ऐन-२०७४
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व एऐन-२०७६

संस्थागत व्यवस्था

सङ्घ, प्रदेश र स्थानीय तहबीच अन्तरसरकारी वित्त व्यवस्थापनका विषयमा आवश्यक परामर्श तथा समन्वय गर्न नेपाल सरकारको अर्थमन्त्रीको संयोजकत्वमा अन्तर सरकारी वित्त परिषद्को गठन,
सङ्घ, प्रदेश र स्थानीय तहबीच राजस्व बाँडफाँड, अनुदान वितरण, आन्तरिक त्रुणको सीमा, प्राकृतिक स्रोतको बाँडफाँड, राजस्व असुलीमा सुधारलगायतका विषयमा विस्तृत आधार तथा ढाँचा निर्धारण गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको गठन,
सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषद् गठन,
प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रत्येक प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन,

खर्चको जिम्मेवारी

सङ्घको अधिकार संविधानको अनुसूची-५ मा ३५ विषयमा निहित छन्, यी विषयमा सङ्घीय संसदले कानुन बनाउन सक्ने,
प्रदेशको अधिकार संविधानको अनुसूची-६ मा २१ विषयमा निहित छन्, यी विषयमा प्रदेशसभाले कानुन बनाउन सक्ने,
सङ्घ र प्रदेशको साझा अधिकार संविधानको अनुसूची-७ मा २५ विषयमा निहित छन्, यी विषयमा सङ्घीय संसद् र प्रदेशसभाले कानुन बनाउन सक्ने,
स्थानीय तहको अधिकार संविधानको अनुसूची-० मा २२ विषयमा निहित छन्, यी विषयमा गाउँ/नगरसभाले कानुन बनाउन सक्ने,
सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार संविधानको अनुसूची-९ मा १५ विषयमा निहित छन्, यी विषयमा सङ्घीय संसद्, प्रदेशसभा, गाउँ/नगरसभाले कानुन बनाउन सक्ने,
अवशिष्ट अधिकार सङ्घको अधिकार हने,

राजस्व अधिकार

सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकारको विषयमा नीति तथा कानुन बनाउने, निर्णय गर्ने, वार्षिक बजेट बनाउने, योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने,
सङ्घ, प्रदेश र स्थानीय तहले आ-आफ्नो तहको बजेट बनाउने,
सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतबाट राजस्व उठाउन सक्ने,
सङ्घले साझा सूचीका विषयमा र आर्थिक अधिकारका अन्य क्षेत्रमा प्रदेशलाई समेत लागू हुनेगरी आवश्यक नीति, मापदण्ड र कानुन बनाउन सक्ने,
सङ्घ, प्रदेश र स्थानीय तहमा देहायबमोजिम राजस्व अधिकार हुने व्यवस्था छ :

सङ्घको राजस्व अधिकार

भन्सार, अन्तःशुल्क, मूल्यअभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर, पारिश्रमिक कर, राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर, सेवाशुल्क दस्तुर, दण्ड जरिवाना

प्रदेशको राजस्व अधिकार

घर-जग्गा रजिष्ट्रेसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवाशुल्क दस्तुर, दण्ड जरिवाना

स्थानीय तहको राजस्व अधिकार

सम्पत्ति कर, घर बहाल कर, घर-जग्गा रजिष्ट्रेसस शुल्क, सवारीसाधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत सङ्कलन,
अन्तरसरकारी वित्तीय हस्तान्तरण
यसअन्तर्गत राजस्व स्रोतको बाँडफाँड र अनुदान पर्छन् । जुन निम्न व्यवस्था छ : राजस्व स्रोतको बाँडफाँड
मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट प्राप्त अन्तःशुल्क रकम ७० प्रतिशत नेपाल सरकार, १५ प्रतिशत प्रदेश र १५ प्रतिशत स्थानीय तहमा बाँडफाँड हुने,
अनुदान वितरण
नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई निम्नअनुदान वितरण गर्ने :
वित्तीय समानीकरण अनुदान
ससर्त अनुदान,
समपूरक अनुदान
विशेष अनुदान
आन्तरिक त्रष्धण
नेपाल सरकार, प्रदेश र स्थानीय तहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सीमाभित्र रही आन्तरिक क्रण लिन सक्ने तर प्रदेश र स्थानीय तहले आन्तरिक क्रण लिनु अघि नेपाल सरकारको सहमति लिनुपर्ने,
प्राकृतिक स्रोतको परिचालन
प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी (विद्युत्, वन, खानी, पर्वतारोहण, पानी तथा अन्य) नेपाल सरकार ५० प्रतिशत, सम्बन्धित प्रदेश २५ प्रतिशत र सम्बन्धित स्थानीय तह २५ प्रतिशत बाँडफाँड हुने,

२. नेपालको निजामती सेवाको बढुवा प्रणालीलाई पूर्वानुमानयोग्य बनाउने उपाय के-के हुन्? लेख्नुहोस् ।

कर्मचारीको पद, तलब सुविधा, प्रतिष्ठा तथा जिम्मेवारी बढ्ने कार्य बढुवा हो। यो कर्मचारीको उत्रेरणाको महत्त्वपूर्ण आधार हो । नेपालको निजामती सेवामा बढुवा प्रणालीलाई व्यवस्थित गर्न निजामती सेवा ऐन-२०४९ र नियमावली, २०५० लागू गरिएको छ । लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्यको अध्यक्षतामा बढुवा समितिको गठन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि बढुवा कार्यमा महत्त्वपूर्ण भूमिका राखिएको छ र पनि नेपालको निजामती सेवाको बढुवा प्रणाली पूर्वानुमानयोग्य हुन सकेको छैन, ‘यसका लागि निम्नउपाय अवलम्बन गर्नुपर्छ :

ज्येष्ठता पद्धति लागू गर्ने, यसबाट ज्येष्ठ कर्मचारीको सबैभन्दा पहिले बढुवा हुने, व्याच बढुवा पद्धति अवलम्बन गर्ने, पहिलो व्याच पहिले बढुवा हुने, त्यसपछि क्रमशः अरू व्याचको पालो आउने,
सबै सेवा समूहमा एकरूपता हुनेगरी दरबन्दी अनुपात १ : ३ बनाउने, यसबाट सबै कर्मचारीको बढुवामा समानता आउने,
एकीकृत निजामती सेवा प्रणाली लागू गरी निजमती सेवामा तहगत प्रणाली अवलम्बन गर्ने,
शाखा अधिकृतमा खुला प्रवेश गरेपछि त्योभन्दा माथिका सबै पदमा बढुवा पद्धति लागू गर्ने,
वर्षमा कम्तीमा दुईपटक बढुवा विज्ञापन व्यवस्था गर्ने,
प्रत्येक कर्मचारीको कार्यविवरण तयार गर्ने, कार्यसम्पादनको वैज्ञानिक सूचक विकास गरी सोही सूचकका आधारमा मूल्याङ्कन गर्ने प्रणाली विकास गर्ने,
कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा हाकिम, सेवाग्राही, मातहतका सहयोगी कर्मचारी, समान प्रतिस्पर्धी तथा कर्मचारी स्वयम् आफैँबाट समेत मूल्याङ्कन गराउने व्यवस्था गर्ने, कार्यसम्पादन मूल्याङ्कनलाई सकेसम्म वस्तुगत, वैज्ञानिक र पारदर्शी बनाउने,

३.नेपालको संविधानमा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी के-कस्ता नीतिगत व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको घारा ५१ (ज) मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिगत व्यवस्था छ, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :

शिक्षा

वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवम् जनमुखी शिक्षा, सक्षम, प्रतिस्पर्धी, नैतिक एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार,
शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि, यसमा भएको निजी क्षेत्रको लगानी नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने,
उच्च शिक्षा सहज, गुणस्तरीय र पहुँचयोग्य, क्रमशः निःशुल्क,
सामुदायिक सूचना केन्द्र स्थापना र प्रवर्द्धन,
पुस्तकालय स्थापना र प्रवर्द्धन,

स्वास्थ्य

स्वास्थय क्षेत्रमा राज्यको लगानी अभिवृद्धि, यसमा भएको निजी क्षेत्रको लगानी नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने,
जनस्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि,
स्वास्थ्य सेवामा गुणस्तरीयता,
सबैको सहज, सुलभ र समान पहुँच,
परम्परागत चिकित्सा पद्धति आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिकलगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्द्धन,
स्वास्थ्य अनुसन्धान,
स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सङ्ख्या वृद्धि,
क्षमता र आवश्यकताका आधारमा जनसङ्ख्या व्यवस्थापनका लागि परिवारनियोजनलाई प्रोत्साहित गर्ने,
मातृशिशु मृत्युदर घटाई औसत आयु बढाउने,

स्वास्थ्य बीमा

नागरिकको स्वास्थ्य बीमा,
स्वास्थ्य उपचारमा पहुँच,

शिक्षा

कृषि क्षेत्रमा लगानी अभिवृद्धि,

खाद्य

खाद्य सम्प्रभुता,
जलवायु र माटो अनुकूलको खाद्यान्न उत्पादन,
खाद्यान्नको दिगो उत्पादन, आपूर्ति, सञ्चय, सुरक्षा, सुलम तथा प्रभावकारी वितरण,

सरकारी वस्तु र सेवा

वस्तु तथा सेवामा नागरिकको समान पहुँच,
दुर्गम र पछाडि पारिएको क्षेत्रलाई विशेष प्राथमिकता, योजनाबद्ध आपूर्तिको व्यवस्था,

यातायात सुविधा

नागरिकको सरल, सहज र समान पहुँच,
यातायात क्षेत्रमा लगानी अभिवृद्धि,
सार्वजनिक यातायातलाई प्रोत्साहन,
निजी यातायातको नियमन,
यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपाङ्गमैत्री,
वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता,

बसोवास तथा बस्ती

अव्यवस्थित बसोवासलाई व्यवस्थापन,
योजनाबद्ध र व्यवस्थित बस्ती विकास,

४. नेपालमा विभागीय मन्त्री / राज्यमन्त्रीले के-कस्ता विषयमा वित्तीय उत्तरदायित्व वहन गर्नुपर्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

सरकारी वित्त व्यवस्थापनअन्तर्गत पर्ने आय र व्यय, बजेट, आयोजना व्यवस्थापन, आर्थिक कारोबारलगायतका कार्यमा जिम्मेवार बन्ने, जवाफ दिने, प्रतिवेदन गर्ने एवम् पारदर्शिता ल्याउने कार्य वित्तीय उत्तरदायित्व हो । यही वित्तीय उत्तरदायित्व वहन गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदयित्व ऐन-२०७६ को दफा ५० ले विभागीय मन्त्री।राज्यमन्त्रीलाई देहायका विषयमा वित्तीय उत्तरदायित्व वहन गर्नुपर्ने व्यवस्था गरेको छ :
बजेट प्रस्ताव गर्ने,
बजेट समर्पण गर्ने गराउने,
योजना छनोट गर्ने,
योजना तथा कार्यक्रमको अनुगमन गर्ने,
मध्यमकालीन खर्च संरचना तयार गर्ने,
सरकारी सम्पत्तिको संरक्षण, व्यवस्थापन गर्ने गराउने,
यसैगरी, विभागीय मन्त्री/राज्यमन्त्रीबाट उपरोक्त वित्तीय उत्तरदायित्व वहन भए।नभएको सम्बन्धमा प्रधानमन्त्रीबाट निगरानी हुने व्यवस्था पनि उक्त ऐनले गरेको छ।

प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा


Leave a Reply

Your email address will not be published. Required fields are marked *